२०८१ श्रावण १२

वायुसेवा निगमको उपाध्यक्षमा राई नियुक्त ।

काठमाडौँ, सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसैगरी,मन्त्रीपरिषद् बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन ।