२०८१ श्रावण १२

प्रधान सेनापति प्रभुराम शर्मा तथा बेलायती सेना प्रमुख बिच भेटघाट ।

काठमाण्डौँ, प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त अधिराज्य बेलायतका सेना प्रमुख  General Sir Patrick Sanders, KCB, CBE DSO ADC GEN बिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायत बिच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेना बिच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको थियो ।


भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
पाँचदिने नेपाल भ्रमणमा आएका बेलायती सेना प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी अशोकराज सिग्देलले स्वागत गरेका थिए ।