२०८१ श्रावण १२

गाजास्थित मुख्य राष्ट्रसघीय निकाय कूटनीतिक विवादको भुमरीमा ।

धेरै पश्चिमा राष्ट्रहरूले गाजा स्थित् संयुक्त राष्ट्रसघीय मिसनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग स्थगित गरिदिएका छन् ।
सहयोग रोकिएको अवस्थामा फेबरवरी पछि यो क्षेत्रमा आफ्नो सेवा सञ्चालन गर्न नसकिने मिसनले जनाएको छ । यूएनआरडब्ल्यूएका केही कर्मचारीहरू गत अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा संलग्न रहेको आशंकामा यस्तो सहयोग रोकिएको बताइएको छ ।


अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको आक्रमणमा राष्ट्रसघीय सहायता निकायका कर्मचारीहरू संलग्न भएको आरोपमा सहयोग रोक्ने देशहरूमा यूके, अमेरिका, जर्मनी र फ्रान्स छन् ।
सहयोग पुन सुरु नभए गजा क्षेत्रमा फेबरवरी पछि काम गर्न नसक्ने प्यालेस्टिनी शरणार्थीका लागि सहयोग उपलब्ध गराउँदै आएको राष्ट्रसघीय निकायले जनाएको छ ।