२०८१ श्रावण १२

आज पाँच प्रदेशमा वर्षाको सम्भावना, भोलिदेखि मौसम बदलीमा थप बढ्ने ।

काठमाडौँ, देशका पाँच प्रदेश कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण दैनिक जनजीवन प्रभावित हुनसक्ने बताइएको छ । स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा असर पर्नसक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न सतर्क रहन जल
काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको उनको भनाइ छ ।
विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
भोलि बुधबारदेखि मौसम बदलीमा थप बढ्ने मौसमविद् अधिकारीले बताए । बदली बढेसँगै वर्षा र हिमपातको क्रम पनि बढ्ने उनको भनाइ छ । “भोलिबाट थप धेरै स्थानमा बदली हुनेछ । बदलीसँगै वर्षा र हिमपातको क्रम पनि आजभन्दा बढ्नेछ । पश्चिमदेखि पूर्वी पहाडसम्म नै वर्षा पनि हुने सम्भावना देखिएको छ,” उनले भने ।