२०८१ श्रावण १२

काठमाण्डौँको तापक्रम घट्दो, आज कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना ।

काठमाडौँ । आज बिहान ५ः४५ बजे काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस, नेपालगन्जको ८.४ डिग्री सेल्सियस र पोखराको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको विभागले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तत्काल वर्षको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।