२०८१ श्रावण १२

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस, कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना ।

काठमाडौँ, आज बिहान ५ः४५ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ ।
आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद विभूती पोखरेलले जानकारी दिए ।
गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ ।


तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ । देशको पूर्वी भेगको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु लागेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ, भद्रपुरतिर भने तुलनात्मक रुपमा अलि कम भएको विभागले जनाउको छ ।
यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने सम्भावना रहेको विभागको भनाई छ ।
बाक्लो हुस्सुसँगै जाडो बढेकाले तराई मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । तर शीतलहर घोषणा गर्नका लागि निश्चित प्यारामिटर मिट गर्नुपर्छ, त्यो अझै मिट भएको छैन, हामी त्यसलाई नजिकबाट नियालीरहकोे जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


राति कर्णालीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सोमबार र मंगलबारसमेत उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात हुने महाशाखाक पूर्वानुमान छ । यो अवधिमा पानी पर्ने सम्भावना भने देखिएको छैन ।