२०८१ श्रावण १२

कटन क्यान्डी प्रयोग तथा बिक्रीमा रोक, अखाद्य रङ प्रयोग भएको पुष्टी ।

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग तथा बिक्रीमा रोक लगाएको छ । सार्वजनिक सूचना जारी गर्दै महानगरले महानगरपालिका क्षेत्रभित्र कटन क्यान्डी बिक्रीमा रोक लगाएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयल नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा अखाद्य रङ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।
“अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्रीवितरण नगर्न÷नगराउन अनुरोध गर्दछौं,” महानगरको सूचनामा उल्लेख छ, “यदि काठमाडौं महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्रीवितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराएको छ ।”