२०८१ श्रावण १२

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री खड्काद्वारा नेपाली सेनाको बहु व्यवसाय उद्योगको निरीक्षण ।

काठमाण्डौँ, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काले नेपाली सेना बहु व्यवसाय उद्योग (जुत्ता कारखाना), सुन्दरीजल आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टको भ्रमण गर्नुभएको छ ।
माननीय श्री खड्कालाई प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले सुन्दरीजलस्थित नेपाली सेना बहु व्यवसाय उद्योग परिसरमा स्वागत गर्दै नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृध्दिमा उद्योगहरुको भूमिका बारे जानकारी गराएका थिए . ।


भ्रमणका अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बहु व्यवसाय उद्योग (जुत्ता कारखाना), आर्सनल कार्यालय र मिनरल वाटर प्लान्टबाट हुने उत्पादन, इकाइहरुको सञ्चालन, व्यवस्थापन, वर्तमान अवस्था र भावी योजनाहरूको बारेमा जानकारी लिएका थिए ।
भ्रमणको क्रममा स्वदेशमानै यस किसिमका उद्योगहरूबाट सेनाका लागि आवश्यक बन्दोबस्ती सामग्रीहरुको गुणस्तरीय ढंगबाट उत्पादन हुनु सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धीको दिशामा उल्लेखनीय विषय भएको धारणा व्यक्त गर्दै उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीले नेपाली सेनाको आत्मनिर्भरता वृध्दि गर्दै लैजानु जरुरी भएको बताए ।