२०८१ श्रावण १२

काठमाडौँ उपत्यकामा आज अपराहन्न हल्का वर्षा, आइतबारदेखि मौसम सफा हुँदै जाने ।

काठमाडौँ, काठमाडौँ उपत्यकामा आज अपराहन्न हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो ।
पछिल्लो एक घण्टामा उपत्यकामा हल्का वर्षा भएको विभागले जनाएको छ । “उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । सबै ठाउँमा एकै किसिमको वर्षा भने भएको छैन”, “अबको दुई–तीन घण्टामा वर्षा रोकिएर काठमाडौँको आकास खुल्ने विभागको अनुमान छ ।


पछिल्लो एक घण्टामा काठमाडौँ बाहिर मकवानपुर, म्याग्दी, जुम्ला र कालिकोटमा हल्का वर्षा भएको विभागले जनाएको छ । मौसमी प्रणाली क्रमिक रुपमा सुधार आइ आइतबारदेखि मौसम सफा हुँदै जाने विभागको भनाइ छ ।
आज बिहान लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भएको थियो भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भेगका एकरदुई स्थानमा हल्का वर्षा भएको
हाल देशको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले उक्त प्रणालीको प्रभावले मोसम बदली र वर्षा गराएको महाशााले उल्लेख गरेको छ ।