२०८१ श्रावण १२

आजदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध, काठमाण्डौँ भ्यु टावरमा पार्किङ गर्नुपर्ने ।

काठमाण्डौँ, आजदेखि काठमाण्डाँै महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्ने भएको छ ।
महानगरपालिकाका अनुसार आजदेखि सवारीसाधन लिएर न्युरोड क्षेत्रमा जान चाहनेले पुरानो बसपार्कस्थित काठमाडौँ भ्यु टावरमा पार्किङ गर्नुपर्नेछ ।
भ्यु टावरको भूमिगत पार्किङमा तीन सय चारपांग्रे सवारीसाधन र सात सय दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था छ । महानगरका अनुसार त्यहाँ पार्किङ निःशुल्क हुनेछ ।


‘मंगलवार (आज) देखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका महानगरले जनाएको छ । आजदेखि हुने यो कार्यक्रमबारे जानकारी गराउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए ।
नगर प्रहरी प्रमुख पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो ।
यसअघि, महानगरले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध गरिसकेको छ । महानगरले क्रमशः मुख्य सडकमा पार्किङ हटाउँदै लैजाने नीतिसमेत लिएको छ ।