२०८१ श्रावण १२

यस वर्षको एसईई चैत १५ गतेदेखि हुने ।

काठमाडौँ, यस वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज समयतालिका सार्वजनिक गरेको छ ।
पहिलो दिन १५ गते अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ ।
यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन् ।
परीक्षा तालिकासहितः