२०८१ श्रावण १२

नेपाली सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनीे ।

काठमाण्डौँ, नेपाली सेनाले सेना दिवश २०८० को अवसरमा माघ ०९ गतेदेखि १३ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी सञ्चालन गर्ने भएका छन् ।


प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिनेछ । यसका साथै प्रदर्शनीमा सैनिक पोशाक, सैनिक व्याण्ड, सैनिक हवाइ सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरुको प्रदर्शनी हुने सेनाले जनाएको छ ।