२०८१ श्रावण १२

आज तिन प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना ।

काठमाडौँ, पश्चिमी वायुको आंशिक प्रभावका कारण आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । देशको तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहनेछ ।
तीनवटा प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको र तराईमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने विभागको भनाइ छ ।