२०८१ श्रावण १२

रियल बेटिसलाई हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा ।

काठमाण्डौँ, फेरान टोरेसको ह्याट्रिकको मद्दतले रियल बेटिसलाई हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा रहेका दुई टोलीमाथि दबाब कायम राखेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना ४–२ गोलले विजयी बनेको हो ।
खेलको ४१ औँ मिनेटमा टोरेसले बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।


तर, इस्कोले ३ मिनेटको अन्तरमा दुई गोल गरेपछि बेटिस खेलमा फर्कियो । ९० औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिलाए । इन्जुरी समयमा टोरेसले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जीत सुनिश्चित गरे ।
२० खेलपछि बार्सिलोनाको ४४ अङ्क रहेको छ । टोली शीर्ष स्थानमा रहेको जिरोनाभन्दा ८ अङ्कले तथा दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ७ अङ्कले पछि रहेको छ ।