२०८१ श्रावण १२

तीन महिनादेखि सडेको अवस्थामा एक महिलाको शव बरामद, इकरामुल हक अन्सारी पक्राउ ।

काठमाण्डौँ, काठमाडौँको स्वयम्भु (शोभा भगवती)मा तीन महिनादेखि सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
यही माग ३ गते तनहुँको भिमाद गाउँपालिकाकी ५१ वर्षीय सफिना मियाँको शव फेला परेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । दुई–तीन महिनादेखि बन्द रहेको कोठाबाट गन्ध आएपछि स्थानीय दिएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा मियाँका सडेको अवस्थामा शव भेटिएको हो ।
प्रहरीको प्रारम्भिक सूचना अनुसार मियाँ करिब एक वर्षदेखि इकरामुल हक अन्सारी नामका भारतीय पुरुषसँग लिभिङ टुगेदरमा बसेकी थिइन् ।
प्रहरीका अनुसार अन्सारीले मियाँको हत्या गरी भागेर भारत पुगेका थिए । उनी नेपाल आएको मौकामा पक्राउ परेका हुन् ।