२०८१ श्रावण १२

प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै, बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने ।

काठमाडौँ, युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी आज स्वदेश फर्कन लागेकोे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली टोली सहित युगाण्डा प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहाल राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेको र दोहाबाट आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।
प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू छन् ।