२०८१ श्रावण १२

आज नेपाल आफ्नो पहिलो खेलका लागि मैदान उत्रिदै, खेल दिउँसो १ः४५ बजदेखि सुरु हुने ।

काठमाडौँ, आईसीसी यू–१९ विश्वकप–२०२४ अन्तर्गत आज नेपाल आफ्नो पहिलो खेलका लागि न्युजिल्यान्डविरुद्धको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यका साथ मैदान उत्रिदै छ ।
नेपालले विश्वकपमा न्युजिल्यान्डविरुद्धको दुवै खेलमा जित निकालेको थियो । यसअघि नेपालले सन् २००६ मा भएको युवा विश्वकपमा एक विकेटले सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले न्युजिल्यान्डलाई हराएको थियो ।


यस्तै, युवा विश्वकपमा नेपालले आठ वर्षपछि खेल्ने लागेको हो । यसअघि नेपालले सन् २०१६ को यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम–८ को खेलमा बंगलादेशसँग पराजित भएपछि नेपालको यात्रा समाप्त भएको थियो ।
आज (आइतबार) दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजदेखि सुरु हुनेछ ।
प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।
आजको खेलपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।