२०८१ श्रावण १२

व्यापार भिसाको लागि अध्यागमन विभाग धाइरहनु नपर्ने ।

काठमाडौँ, व्यापार भिसाको लागि अब सेवाग्राहीहरुले विभाग धाइरहनु नपर्ने भएको छ । उद्योग विभाग अन्तर्गतको एकल विन्दु सेवा केन्द्रबाट नै व्यापार भिसा जारी हुन थालेको छ ।
अध्यागमन विभाग र अन्तरगतका कार्यालयहरुलाई पूर्णरुपमा स्वचालन प्रणालीमा लैजाने प्रयोग सफल भएको अध्यागमन विभागका महानिर्देशक रुद्र सिंह तामाङले जानकारी दिए ।


अर्को हप्ता कन्सुलर सेवा विभागलाई पनि जोड्ने निर्देशक तामाङले जानकारी दिए । यसले कूटनैतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई पनि अध्यागमन विभाग धाउनु पर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।
महानिर्देशक तामाङले स्वचालन प्रणालीमा सबै अध्यागमन कार्यालयहरुलाई जोड्दै जाने पनि जानकारी दिए । यसले सिमानाकामा रहेका अध्यागमन कार्यालयहरुले सहज र सरल ढङ्गबाट सेवा प्रवाह गर्न सक्षम हुने उनको विश्वास छ ।
महानिर्देशक तामाङले यही माघ ७ गतेदेखि अनलाइन भुक्तानीको पनि सुरुवात हुने जानकारी दिए । यो प्रयोग सफल भए नेपालमा अनलाइन ई–भिसाको सुरुवात हुने उनले बताए ।