२०८१ श्रावण १२

यू–१९ राष्ट्रिय महिला टोलीको घोषणा ।

काठमाडौँ, साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली यू–१९ राष्ट्रिय महिला टोलीको घोषणा भएको छ ।
आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
बन्द्र प्रशिक्षणका लागि बोलाइएको ३५ जनाको प्रारम्भिक टोलीबाट अन्तिम टोली चयन गरिएको हो ।
साफ यू–१९ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप सिंगल राउण्ड रोविनका आधारमा हुनेछ र लिग चरणपछि शीर्ष दुईमा रहने टोलीले लागि उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले फेब्रुअरी २ मा घरेलु टोली बंगलादेशसँग पहिलो खेल खेल्नेछ ।
नेपाली टोलीको गोलिकपर ः सुजाता तामाङ, करुणा बुढाथोकी, लिला जोशी
डिफेण्डर ः दिव्य यसमाली मगर, सिता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई, माया मास्के,
मिडफिल्डर ः बिर्सना चौधरी, झुमा विश्वकर्मा, साराह बज्राचार्य, सुशिला केसी, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड ः सेनु परियार, सुक्रिया मिया, बर्षा ओली, लिला चन्द ठकुरी, पुर्निमा राई, समिक्षा मगर, सजिना स्याङ्गतान रहेका छन् ।