२०८१ श्रावण १२

इरानाद्धारा सरिया र इराकी कुर्दिस्तानको ‘आतंकवादी अड्डा’मा मिसाइल आक्रमण ।

काठमाडौँ, इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी)ले हालै आफ्नो देशविरोधी आतंकवादी हमलाको जवाफमा सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।
आईआरजीसीले दक्षिणपूर्वी इरानी प्रान्त केरमान र सिस्तान र बलुचिस्तानमा हालैका आतंकवादी हमलाको प्रतिक्रियाका रूपमा आक्रमण गरिएको जनाएको छ । इजरायलले इरानी र प्रतिरोधी कमान्डरहरूको हत्या गरेको छ ।

इराकी सुरक्षा स्रोतका अनुसार, इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चारजनाको मृत्यु भएको छ ।
यही जनवरी ३ मा दुई आत्मघाती आतंकवादीले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहाननजिकै दुई बम विस्फोट गराएका थिए । विस्फोटमा ९० भन्दा बढी मानिसको मृत्यु भएको थियो । २८० जना घाइते भएका थिए । बम विस्फोटको जिम्मेवारी आईएस आतंकवादी समूहले लिएको थियो ।