२०८१ जेष्ठ ५

पाँच प्रदेशको पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो ।

काठमाडौंँ, देशका पहाडी भू–भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।