२०८१ श्रावण १२

सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित, मानवीय आवश्यकताहरूमा वृद्धि ।

सुडानमा भएको युद्धबाट ७४ लाखभन्दा बढी ब्यक्री विस्थापित भएको संयुक्त राष्ट्रसघीय कार्यालयले जनाएको छ ।
सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेसबिचको लडाइँ सुरु भएदेखि सुडानमा ७४ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको मानवीय राष्ट्रसघीय कार्यालयले जनाएको छ ।
गत महिनामा सुडानमा विस्थापित मानिसहरूको संख्या करिब छ लाख ११ हजारले बढेको छ । विस्थापित हुनेमध्ये धेरैजसो गेजिरा र अन्य राज्यहरूबाट भर्खरै विस्थापित भएका हुन् ।


बाली उत्पादन क्षेत्रहरूमा एसएएफ र आरएसएफ बिचको लडाइँको विस्तारले मध्य र पूर्वी सुडानमा मानवीय आवश्यकताहरूमा उल्लेखनीय वृद्धि गरेको संयुक्त राष्ट्रसघीय कार्यालयले जनाएको छ ।
असुरक्षा, लुटपाट, खराब नेटवर्क र फोनको समस्या, नगदको अभाव, र सीमित प्राविधिक र मानवीय कर्मचारीहरूले सहायताको वितरणलाई असर गरिरहेको राष्ट्र सघीय कार्यालयले जनाएको छ ।
सन् २०२४ को जनवरी १४ सम्म सुडानमा मानवीय आवश्यकता र प्रतिक्रिया योजनाका लागि ३.१ प्रतिशत मात्र छुट्ट्याइएको छ ।
सुडानले १५ अप्रिल २०२३ देखि एसएएफ र आरएसएफबिचको घातक झडपहरू खेपिरहेको छ । युद्धमा अहिलेसम्म बाह्र हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको संयुक्त राष्ट्रसघीय कार्यालयले अनुमान गरेको छ ।