आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, काठमाण्डौँ, ललितपुर र भक्तपुरमा मूख्य कार्यक्रम हुने ।
काठमाडौँ, आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध कार्यक्रमगरी मनाइँदै छ ।
वि.सं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको हो ।
माघ २ गते दिउँसो २ः२४ बजे गएको ८ दशमलव ४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सो भूकम्पले जनधनको ठुलो क्षति पुर्याएको थियो ।
भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न सङ्घसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
सरकारले आज चन्द्रागिरि नगरपालिकामा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्ययतामा भूकम्प सुरक्षा दिवस २०८० मूल समारोह गर्न लागेको गृह मन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
कार्यक्रममा भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना गरिने बताइएको छ ।
गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरीएको छ भने आज उपत्यकाका तीन स्थान काठमाडौंको चन्द्रागिरि, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ । विसं १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो भने असी हजार घर ध्वस्त भएका थिए ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्