२०८१ श्रावण १२

आज र भोली बर्षाको सम्भावना, भोलीबाट तराई क्षेत्रको हुस्सु पनि हटने ।

काठमाडौँ, नेपालमा पश्चिमी वायुको प्रभावका कारण आज र भोली (सोमबार र मंगलबार) सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी क्षेत्रको एक–दुई स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने विभागले जनाएको छ ।
आज पश्चिमी वायुको प्रभाव आंशिक रूपमा रहेको छ । रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमबार र मगंलबार सामान्य वर्षाको सम्भावना रहेको छ । तराईमा भने वर्षाको सम्भावना छैन ।”
वर्षा भए पनि १० मिलिमिटरभन्दा कम नै वर्षा हुने विभागको अनुमान छ । सोमबार रातिदेखि गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको चनाई छ ।
मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाई छ । तराईमा लागिरहेको हुस्सु समेत भोलि मंगलबारदेखि हट्दै जानेछ ।
पश्चिमी वायुको प्रभावका कारण भोलिदेखि (मंगलबार) वायुमण्डल चलायमान हुने भएकाले तराई क्षेत्रमा लागेको हुस्सु हट्दै जानेछ ।