२०८१ श्रावण १२

आजदेखि मेलम्चीको पानी पुनर्वितरण, प्रधानमन्त्रीले शुभारम्भ गर्ने ।

काठमाडौँ, काठमाडौंवासीका घरमा आज मेलम्चीको पानी चौथो पटक आउँदै छ ।
मेलम्चीको पानी पुनर्वितरणको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरको धारा खोलेर मेलम्चीको पानी पुनर्वितरणको उदघाटन गर्दैछन् । तर उपभोक्ताको घरमा भने बिहान आठ बजेदेखि नै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।


वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो ।
बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो । मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा उत्रिएका थिए ।
त्यसपछि ३ पुसमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले पानी पथान्तरणको काम २८ दिनभित्र सम्पन्न गरी उपत्यकाका घर–घरमा पानी पुर्याउने निर्णय गरेको थियो । त्यसका लागि ४ पुसदेखि दुई सिफ्टमा जनशक्ति परिचालन गरी पथान्तरणको काम सुरु गरिएको थियो ।


पथान्तरणको काम पुस २७ गते नै सकेर सुरुङमा पानी हालिएको थियो । केही दिन पानी बगाएर सुरुङ सफा गरेपछि उपत्यकावासीका धारामा पानी वितरण सुरु गर्न लागिएको हो ।