निर्वाचन आयोगद्धारा आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता जारी ।
काठमाडौंँ, आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ ।
आगामी माघ २ देखि १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागु हुने गरी आचारसंहिता जारी गरिएको हो । सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नर्विाचन आयोगका निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ,” आइतबार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष÷विपक्षमा हुने गरी प्रयोग गर्न÷गराउन पाइँदैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न÷गराउन नहुने आयोगले जनाएको छ ।
यस्तै, कुनै सरकारी वा अर्धसरकारी निकाय÷सार्वजनिक संस्था वा विश्वविद्यालय÷विद्यालय
÷महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न÷गराउन पाइँदैन ।
राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न÷गराउन नहुने आयोगले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्