२०८१ श्रावण १२

नेपालद्धारा स्कटल्यान्ड पराजित, मंगलबार वेस्टइन्डिजसँग खेल्ने  ।

काठमाडौं । नेपालले आइसीसी यू–१९ विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ ।
दक्षिण अफ्रिकामा भएको खेलमा ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा ९९–३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । वर्षा हुनु अघि नेपालका अर्जुन कुमाल ३३ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाठीले २९ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले ४४ ओभर ४ बलमा सम्पुर्ण विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।
बलिङतर्फ नेपालका गुलशन झा र तिलक भण्डारीले तीन तीन विकेट लिए ।
नेपालले अन्तिम अभ्यास खेल मंगलबार वेस्टइन्डिजसँग खेल्नेछ ।