२०८१ श्रावण १२

काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो, सर्तकता अपनाउन चिकित्सकको सुझाव ।

काठमाडौँ, काठमाडौँ उपत्यकाको प्रदूषण बढेसँगै वायु अस्वस्थकर बनेको छ ।
काठमाडौं उपत्यकाका मुख्य स्थानहरूमा वायु प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ । वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रमा शुक्रबार ललितपुरको भैँसेपाटी सबैभन्दा प्रदूषित देखिएको छ । साँझ ५ बजे रेकर्ड भएको तथ्यांकअनुसार भैँसेपाटीमा प्रदूषणको मात्रा १८१ एक्यूआई पुगेको छ ।त्यस्तै, रत्नपार्कमा १६०, शंखपार्कमा १२८ एक्यूआई देखिएको छ । बिहीबार भने काठमाडौंका अधिकांश स्थानमा प्रदूषणको मात्रा १५० भन्दा माथि रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने संगठनले जनाएको छ ।
एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने विज्ञहरू बताउँछन् ।
वायु प्रदुर्षण बडेसंगै दम, खोकी तथा स्वाशप्रस्वाश सम्बन्धी रोगीको संख्या पनि बडेको चिकित्सकको भनाई छ ।