इजरायली हवाई आक्रमणमा नुखबा बलका कमाण्डरको मृत्यु ।
इजरायली हवाई आक्रमणमा नुखबा बलका कमाण्डर सहित हमासका दर्जनौँ लडाकू मारिएका इजरायली रक्षा बलले जनाएको छ ।
दक्षिणी गाजाशहर खान युनिसमा इजरायली लडाकू विमानले हमासको सैन्य परिसरमा आक्रमण गर्दा सात हमास लडाकूको मृत्यु भएको छ । मारिएकामध्ये इजरायलीहरूको नरसंहारमा भाग लिएका भनिएका हमासको बौद्धिक नुखबा बलका कमाण्डर पनि रहेको बताइएको छ ।
इजरायली सेनाले खान युनिसमा रहेको एके–४७ राइफल र आरपीजी लञ्चर जफत गरी हतियार भण्डारण केन्द्र ध्वस्त पारेको छ । मध्य गाजा शहर मघाजीमा इजरायली स्थल सेनाले नुखबा फोर्स कमान्डरसहित करिब २० जना ‘आतङ्ककारी’लाई मारेको इजरायली सेनाले जनाएको छ ।
मगाजीको मध्य भागमा इजरायली सेनाले तीन जना सशस्त्र लडाकू हमासको सैन्य परिसरबाट बाहिर निस्केर आफूतिर अघि बढिरहेको देखेपछि आक्रमण गरेको थियो ।
गत अक्टोबर ७ मा गाजाको सीमानजिकै दक्षिणी इजरायलमा रहेको इजरायली समुदायमाथि हमासले गरेको आक्रमणमा परी कम्तीमा एक हजार १४० व्यक्तिको मृत्यु भएको इजरायली पक्षले पुष्टि गरेको थियो ।
गाजामा हमासले बन्धक बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीको सख्या अहिले १३६ रहेको अनुमान गरिएको छ । इजरायली अधिकारीहरूले शवहरूको पहिचान र मानव अवशेषको खोजी जारी राखेको र उक्त दिनदेखि अहिलेसम्म अन्य केही व्यक्ति पनि सम्पर्कमा नआएको बताएका छन् ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्