२०८१ श्रावण १२

गाजालाई स्थायी रूपमा कब्जा गर्ने इजरायलको कुनै मनसाय छैन : प्रधानमन्त्री नेतन्याहू

काठमाण्डौँ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन् ।
प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गर्नुभएको हो ।
नेतन्याहूले भने, “इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु ।”
गाजामा इजरायलले गरेको बमबारी हमासका लडाकुहरूलाई लक्षित गरी गरिएको र हामीले अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै यस्तो गरिरहेको बताए । इजरायली सेनाले नागरिक हताहत कम गर्न सक्दो प्रयास गरिरहेको छ भने हमासले प्यालेस्टिनी नागरिकलाई मानव ढालको रूपमा प्रयोग गरेर उनीहरूलाई अधिकतम बलियो बनाउन सक्दो प्रयास गरिरहेको उनको भनाई छ ।
हाम्रो लक्ष्य गाजालाई हमासका ‘आतङ्ककारी’ लडाकुहरूबाट मुक्त गर्नु र हाम्रा बन्धकहरूलाई मुक्त गर्नु रहेको पनि स्पष्ट पारे ।
यसैबिच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्यु हुनेको सख्या २३ हजार ३५७ पुगेको र गाजाको २३ लाख जनसख्यामध्ये करिब १९ लाख विस्थापित भएको जनाएको छ । सिन्ह्वा