२०८१ श्रावण १२

रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत ।

हत्या र यौन हिंसाको अभियोगमा पक्राउ परेका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।
जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । अदालतका न्यायाधीश विष्णु रेग्मीको इजलासमा असभयुक्त कम्जनविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको श्रेस्तेदार सदन अधिकारीले बताए ।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार काठमाण्डौँको बुढानिलकण्डबाट पक्राउ
गरेको थियो ।