२०८१ श्रावण १२

एट्लेटिको मड्रिडमाथि ५–३ को जित निकाल्दै रियल मड्रिड फाइनल प्रवेश ।


काठमाडौँ, स्पेनिस सुपर कपमा एट्लेटिको मड्रिडमाथि ५–३ को जित निकाल्दै रियल मड्रिड फाइनल प्रवेश गरेको छ । ल्दै
साउदी अरबमा भएको खेलमा बुधबार रियल मड्रिडले शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडमाथि ५–३ को जित निकालेको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयबाट खेलको निर्णय गरिएको थियो । अतिरिक्त समयमा दुई गोल गर्दै रियल प्रतियोगिताको फाइनल पुगेको हो ।
पहिलो हाफ सकिन तीन मिनेटअघि एन्टोनी ग्रिजम्यानले कीर्तिमानी गोल गर्दै खेललाई बराबरीमा ल्याए । ग्रिजम्यानले एट्लेटिकोका लागि कीर्तिमानी १ सय ७४ गोल गरेका छन् ।
दोस्रो हाफमा रियलका रुडिगरको आत्मघाति गोलमा एट्लेटिको मड्रिड खेलमा अघि बढेको थियो । खेल सकिन ५ मिनेटअघि कार्भाजलले गोल गर्दै अतिरिक्त समयमा खेललाई धकेलेका थिए ।
अतिरिक्त समयमा स्टिफन सेविकको आत्मघाति गोल र ब्राहिम डियाजको गोलमा रियल फाइनल पुगेको हो ।
रियलले उपाधिका लागि बार्सिलोना वा ओसासुनासँग खेल्नेछ । आज (बिहीबार) दोस्रो सेमिफाइनलमा बार्सिलोना र ओसासुना खेल्दैछन् ।
फाइनल खेल शनिबार हुनेछ ।