२०८१ श्रावण १२

आज भुवा पर्व, सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा ।

काठमाण्डौँ, भुवा पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले आज (बिहीबार) प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकाय बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताइन । बाजुरा, बझाङलगायत पहाडी जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा समेत मनाउन थालिएको छ ।
पहाडबाट तराई झरेका बाजुरेली, बझाङ्गीले भुवा पर्व मनाउने गरेका हुन । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।