२०८१ श्रावण १२

१६ जना डीआईजीको सरुवा, सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिए ।

काठमाडौँ, नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।
गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो । जसअनुसार सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् ।
गृहमन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ । पहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर काज सरूवा गरिएको छ ।
यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत डीआईजी बुद्धिराज गुरुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा ल्याइएको छ । त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी किरण राणालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज ल्याएको छ ।