२०८१ श्रावण १२

आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन आयोग

काठमाडौँ, राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । गत पुस २० गतेदेखि प्रकाशित मतदाता नामावली उपर दाबी विरोधलगायत कार्यको समय सकिएको छ ।
पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।
माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।