२०८१ श्रावण १२

आज कोसी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु,

काठमाडौँ, आज कोसी र गण्डकी प्रदेशदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान कोसी र र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस रहेको छ । हिजो (शुक्रबार) काठमाडौंमा यस वर्षको हालसम्मकै न्यून ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
दिउँसो कोसी र मधेस प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ विभागको भनाइ छ ।
राति कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।