२०८१ श्रावण १२

सर्लाहीको बरहथवामा कर्फ्यू जारी, शनिबार बिहान ८ बजेसम्म कर्फ्यू जारी रहने ।

काठमाण्डौँ, बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको झडपमा एकजनाको मृत्यु भएपछि कर्फ्यू आदेश जारी गरेका हुन् ।
बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी , उच्छृङ्खल गतिविधिलगायतकाकार हुनसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन नदिन कर्फ्यू आदेश जारी गरिएको प्रजिअ कोमल प्रसाद धमलाले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख गरिएको छ ।
प्रजिअ धमलाले बरहथवा नगरक्षेत्र (उत्तर सोती÷चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको जनाएका छन् ।
कर्फ्यू आदेश जारी क्षेत्रमा आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।
कर्फ्यू आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानूनबमोजिम कारबाही समेत गर्नसक्ने जनाइएको छ ।