२०८१ श्रावण १२

राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा, आजै बुटवल पनि जाने।

राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन कार्यक्रममा सहभागी हुन नेपाली सेनाको हेलीकप्टरबाट कार्यक्रम स्थल पुगीसकेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।
राष्ट्रपति बनेपछि पौडेलको दोसो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौली स्थित जिल्ला सभा हलको उद्घाटनको लागि राष्ट्रपति पौडेल तनहुँ पुगेका थिए । राष्ट्रपति पौडेल तनहूँको कार्यक्रम सकेर सोझै अपराहन्न १ बजे बुटवल जाने कार्यक्रम छ ।
जितगढी किल्ला आज बुटवल उपमहानगरलाई हस्तान्तरण गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल  जान लागेका हुन ।