२०८१ श्रावण १२

आज काठमाण्डौँको तापक्रम बर्षकै चिसो, बिहान ६ बजे ३.८ डिग्री सेल्सियस मापन ।

काठमाडौँ, काठमाडौंमा आज वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ ।
आजको तापक्रम यस वर्षकै कम तापक्रम हो । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले बताए । जनवरी महिना वर्षकै चिसो महिना हुने भएकाले तापक्रम यो भन्दा घट्ने सम्भावना रहेको पनि मौसमविद मानन्धरको भनाई छ ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका केही भू–भागमा आज वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
आज कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।