२०८१ श्रावण १२

गोरखाका छ स्थानीय तहलाई निशुल्क एम्बुलेन्स वितरण ।

काठमाण्डौँ, सम्भव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स वितरण गरिएको छ । गोरखा सदरमुकाममा कार्यक्रम गरी स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको हो ।
गोरखाको गण्डकी, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक र चुमनुब्री गाउँपालिकालाई ख बर्गको एम्बुलेन्स प्रदान गरेको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए ।
संस्थाले उपलब्ध गराएको एम्बुलेन्स गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्तरुपमा साँचो हस्तान्तरण गरे । एम्बुलेन्ससँगै संस्थाले पालिकालाई औषधिसमेत उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए ।
एम्बुलेन्स तथा औषधिसहित संस्थाले पालिकालाई करिब दुई करोड ८० लाख बराबरको सामग्री वितरण गरेको हो । संस्थाले पालुङटार नगरपालिकालाई पनि केही समयपछि एम्बुलेन्स उपलब्ध गराउने जनाएको छ । यसअघि पनि संस्थाले गोरखा विभिन्न पालिकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो ।