२०८१ श्रावण १२

आज कोसी र गण्डकी प्रदेशकोउच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना .

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।