२०८१ श्रावण १२

आज देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, आज देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पहाडी भू–भागमा आंशिक बदली हुने, कोसी, वाग्मती र गण्डकी प्रदेशमा हिमपात तथा तराईमा हुस्सु÷कुहिरोका कारण हुने चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ । अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको पनि विभागले जनाएको छ ।