२०८१ श्रावण १२

प्रधान सेनापतिद्धारा सैनिक श्रीमती संघको मुख पत्र सेवा सुमनको विमोचन

प्रधान सेनापति प्रभुराम शर्माले सैनिक श्रीमती संघ (नेपाली सेना) को वार्षिक मुख पत्र सेवा सुमन को विमोचन गरेको छन् ।
४० औं वार्षिकोत्सवको अवसरमा जङ्गी अड्डामा आयोजित कार्यक्रममा संघको मुख पत्रका उत्कृष्ट लेख रचनाका सर्जक तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।


त्यसैगरी, संघले यस वर्ष बाल दिवसको अवसरमा आयोजना गरेको अन्तर सैनिक महाविद्यालय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट छात्र छात्रा एवं प्रतियोगिताहरूका मूल्याङ्कन समितिका सदस्यहरूलाई पनि प्रधान सेनापति शर्माले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।


प्रधान सेनापति शर्माले हरेक वर्ष सैनिक महाविद्यालयहरूमा अध्ययनरत सकलदर्जाका जेहेन्दार छात्र छात्राहरूलाई उपलब्ध गराउने विभिन्न प्रकारका छात्रवृत्ति प्रदान समेत गरे । त्यसैगरी नेपाली सेनाका सकलदर्जाका फरक क्षमता भएका बालबालिकाहरूलाई लक्षित सञ्चालन गर्न लागिएको वरदान फरक क्षमता विद्यालय सञ्चालनार्थ विविध सहयोग पु¥याउनु हुने संघ÷संस्थाहरूलाई कदर स्वरूप उपहार प्रदान गरे ।