२०८१ श्रावण १२

नेपाल एयरलाइन्स कर्मचारीका आन्दोलित, कार्यकारी अधिकृतलाई कार्यालय प्रवेश निषेध

काठमाडौँ, नेपाल एयरलाइन्सका कर्मचारीले संस्था डुबाउने खेल भइरहेको भन्दै आजदेखि आन्दोलन थालेका छन् ।
वायुसेवा निगमका कर्मचारीले नेतृत्वले संस्था डुबाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका कर्मचारीले संस्थालाई डुबाउने योजना बनाएको भन्दै प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीलाई कार्यालय प्रवेश निषेध नै गरेको छ । आन्दोलनरत कर्मचारीले नेपाल वायुसेवा निगम नेपाली जनताको साझा सम्पत्ति भएकाले यसलाई डुब्नबाट रोक्नुपर्ने समेत बताएका छन् ।
आन्दोलरत कर्मचारीले प्रमुख कार्यकारी अधिकृतलाई हालसम्म कार्यालय प्रवेश गर्न दिएका छैनन् ।