२०८१ श्रावण १२

प्रधानमन्त्री प्रचण्ड यूएईबाट स्वदेश फर्किंदै, साँझ ६ बजे काठमाडौं आइपुग्ने

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् ।
यूएईको दुबईमा भएको जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री मंसिर १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
शनिबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै यस्तो अन्यायपूर्ण अवस्था अन्त्य हुनुपर्ने बताएका थिए ।
सोही दिन प्रधानमन्त्री दाहालले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार ः जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गरेका थिए । सम्मेलनका क्रममा प्रधानमन्त्री दाहालले द्वीपक्षीय भेटवार्ताहरु समेत गरेका थिए ।