२०८१ श्रावण १२

गाजामा पुनः आक्रमण, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

काठमाण्डौं, सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ ।
इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १ सय ७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ मा आक्रमण गरेको बताएको छ ।

युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको नसकेको बिबिसिले जनाएको छ । तर, अमेरिकाले अझै पनि दुई देश बिचको द्वन्द्व रोक्न प्रयास गरिरहेको बताएको छ ।