२०८१ श्रावण १२

बाक्लो हुस्सुका कारण तराई क्षेत्रका उडान प्रभावित

काठमाडौँ, तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ ।
तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
बाक्लो हुस्सु÷कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए । ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन् ।
भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन । शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए ।
उता, झापाको चन्द्रगढी र विराटनगर विमान स्थलमा पनि बिहान पव हुस्सु लाग्न थालेकाले बिहान र बेलुकी पखका उडानहरु प्रभावित हुन थालेको छ । विशेषगरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ ।