२०८१ श्रावण १२

आज कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा हिमपात हुने ।

काठमाडौँ, आज दिउँसोबाट पश्चिमी वायुको आंशिक प्रभाव बड्ने र देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हुस्सु र कुहिरो लागेको छ ।
पश्चिमी वायुको प्रभावका काराण दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।