२०८१ श्रावण १२

रुसी राष्ट्रपति पुटिनद्धारा भारतीय प्रधानमन्त्री मोदीलाई रुस भ्रमणको निम्तो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस भ्रमणको निम्तो दिएका छन् ।
रुसको भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकरसंगको भेटवार्तामा राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी वर्ष रुस भ्रमणको निम्तो दिएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पुटिनले विदेशमन्त्री जयशंकरलाई भनेका थिए, ‘हामीलाई हाम्रो मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसमा हेर्न पाउँदा खुसी हुनेछौँ ।’ विश्वभर उथलपुथल चलिरहँदा रुस र भारतको सम्बन्ध भने मजबुत भइरहेको राष्ट्रपति पुटिनको भनाई थियो ।


पुटिनले युक्रेनसँगको युद्धको बारेमा प्रधानमन्त्री मोदीलाई कयौँपटक जानकारी दिइसकेको पनि बताएका थिए । ‘मलाई थाहा छ, मोदीजी यो संकटको शान्तिपूर्ण समाधान चाहनुहुन्छ । म उहाँसँग भेटेर यस मुद्दामा छलफल गर्न चाहन्छु,’ उनले जयशंकरसँग भने थिए ।
रुसले दुई देशबिचको कारोबार केवल तेल, काइला र ऊर्जासँग सम्बन्धित उत्पादनमा मात्र सीमित नभएको बताएको छ । जयशंकर यसअघि रुसमा भारतका लागि राजदूत रहिसकेका छन् ।