२०८१ श्रावण १२

राष्ट्रियता रक्षाको जिम्मेवारी राष्ट्रिय सेवा दलको पनि हो : प्रधानसेनापति

प्रधान सेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सह संरक्षक महारथी श्री प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको जिम्मेवारी राष्ट्रिय सेवा दलका छात्रछात्राहरुको पनि भएको बताएका छन् ।
छैठौँ वार्षिकोत्सवको अवसरमा युवासँग प्रधान सेनापति कार्यक्रम सम्बोधन गर्दै प्रधान सेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सह संरक्षक महारथी श्री प्रभुराम शर्माले ब्ककयअष्बतष्यल सँग आवध्द सबैलाई संस्थाको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । स्थापना कालदेखिनै राष्ट्रिय सेवादलले युवाहरूलाई अनुशासित, नैतिकवान, इमानदार र बफादार बनाउने, युवाहरूमा नेतृत्व क्षमताको विकास गर्ने, राष्ट्रियता एवम् राष्ट्रिय एकताको भावना जागृत गराउनुका साथै राष्ट्रलाई कुनै पनि विपत्ति पर्दा निःस्वार्थ ढंगले तत्परताका साथ क्रियाशील हुने युवा स्वयंसेवकहरु तयार गर्ने कार्य गर्दै आइरहेको बताए । उनले देशका ७७ वटै जिल्लाहरूमा राष्ट्रिय सेवा दल विस्तार भई प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आइरहेको र हालसम्म ६८ हजार ९ सय ७२ जनाले तालिम लिई सकेको उल्लेख गरे ।


समाजमा व्याप्त विकृति, बेथिति र पछौटेपनलाई निर्मूल गरी सुसंस्कृत, सभ्य समाज निर्माणमा संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधान सेनापति शर्माले नेपाल सरकारका विभिन्न निकायहरू, स्थानीय तहहरू, कानून कार्यान्वयन गर्ने निकायहरु, सामाजिक संघ÷संस्थाहरूसँगको सहकार्य एवम् समन्वयमा संस्थाले थुप्रै सृजनशील र रचनात्मक कार्यहरू गरिरहेको उल्लेख गरे । उनले नेपालको संविधानले नेपाली सेनालाई दिएको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको जिम्मेवारी राष्ट्रिय सेवा दलका विद्यार्थीको पनि जिम्मेवारी हो भन्ने बुझ्न सहभागीहरुलाई आह्वान गरे ।
राष्ट्रिय सेवादल तालिमलाई नेपाल सरकारले दिएको प्राथमिकता, नेपाली सेनाको परिश्रम, योगदान तथा राष्ट्रले तालिम प्राप्त क्याडेटहरुबाट राखेको अपेक्षालाई सम्पूर्ण क्याडेटहरुले ब्गिmलष् ब्ककयअष्बतष्यल मार्फत सार्थक बनाइ समाजको रूपान्तरण र विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

सोही क्रममा उहाँले मित्रराष्ट्रहरूसँग सञ्चालन भइरहेका युवा आदान प्रदान कार्यक्रमलाई भविष्यमा अझ विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए ।
राष्ट्रिय सेवादल नेपाल वि.सं.२०२२मा स्थापना भएको हो । यसबाट प्रशिक्षित पूर्व विद्यार्थीहरुको संस्था वि.सं. २०७५ मा स्थापना भएको हो ।